May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं :आङकाजी

  • Rashila Bhandari
  • सोमवार, माघ २९, २०८० १५:२९
सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं :आङकाजी

काठमाडौं । जनजाती नेता आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको तस्विर फुटाइदिने धम्की दिएका छन् ।

सोमबार केही युवाहरुका साथमा महासंघको केन्द्रीय कार्यालय संचारग्राम पुगेका शेर्पाले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र उनको तस्विर तत्कालै महासंघ अध्यक्षको कार्यकक्षमा झुन्ड्याउन कर्मचारीलाई चेतावनी दिए । उनले श्रेष्ठको तस्विर संस्थापक अध्यक्ष भट्टराईसँगै नझुण्ड्याए आफूहरुले कार्यकक्षमै पसेर भट्टराईको तस्विर फालिदिने धम्की दिएको कर्मचारीहरुले बताए । शेर्पाले महासंघका कर्मचारीलाई श्रेष्ठको फोटो थमाउँदै भने, ‘अध्यक्षको कार्यकक्षमा भएको कृष्णप्रसाद भट्टराईको फोटो हट्नुपर्यो । होइन भने हामीले फोटो तोड्नुपर्ने अवस्था नआओस् । अध्यक्षको कार्यकक्षमा कृष्णप्रसाद भट्टराईको अगाडि सत्यनाराण बहादुर श्रेष्ठको फोटो राखिएन भने हामी एउटा पनि फोटो बाँकी राख्दैनौं ।’

उनले थपे ‘एक महिनाभित्र यो चेन्ज भएन भने हामीबाट कुनैपनि प्रकारको भौतिक कारबाही हुनसक्छ । यो विवाद हामीले होइन पत्रकार महासंघले निकालेको हो ।’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विरोधकाबीच आइतबार विमोचन गरिएको थियो । सो क्रममा फोनिजका पदाधिकारीहरुले पुस्तक च्यातेर ‘उग्र हर्कत’ देखाएका थिए । यता, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वालकृष्ण अधिकारीले पुस्तक प्रकाशन गरेर रचनात्मक र सकारात्मक कार्य गरेको प्रतिक्रिया दिएका छन् ।

पुस्तक च्यात्ने कामप्रति दुःख व्यक्त गर्दै उनले तथ्यांकमा नपुगी संगठनको सिमा र बाध्यता विपरीत विमोचनमा भएको हर्कत पत्रकार र पत्रकारिता क्षेत्रका लागि अशोभनीय कुरा भएको बताए ।

  • Rashila Bhandari
  • सोमवार, माघ २९, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्