May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:३१
अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

अधिकांश नेपाली कामदार जेल सजाय सकिएपछि पनि लामो समय जेलमा नै रहनुपर्ने अवस्था रहेको दूतावासमा रिपोर्ट आउने गरेको भन्दै उनले तत्काल यो समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । अदालती मुद्दामा नेपाली भाषा अनुवादक नराखी मुद्दाको सुनुवाइ हुने अवस्थामा भाषाको कारण सत्यतथ्य सुनुवाइ कठिन हुने अवस्था रहेको उनले बताए । मुद्दाको अनुसन्धानमा ढिलाइ हुने गरेका कारण श्रमिकले धेरै समय हिरासतमा बस्नुपर्ने अवस्था रहेकाले चाँडो अनुसन्धान गर्न सहजीकरण गरिदिन पनि उनले माग गरेका छन् ।

अरबी भाषाको ज्ञानको कमीका कारण आफ्नो भनाइ राख्न नसकेर पक्राउपछि कतिपय श्रमिकलाई स्वच्छ सुनुवाइमा कठिनाइ भई झुठा मुद्दा लाग्नसक्ने अवस्था रहेको लगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ । साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल जीवन बिताइरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।