sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेयर हर्क साम्पाङले असहमति जनाएपछि बढेको विवाद मिल्यो

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १६, २०८० 0९:११
मेयर हर्क साम्पाङले असहमति जनाएपछि बढेको विवाद मिल्यो

धरान । वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय पारित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

बैठकमा नगरप्रमुख (मेयर) हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षबीच विवाद भएपछि बैठक केही समय रोकिएको थियो । हिजो दिउँसो बसेको बैठकमा सहमति जुटेको हो । कार्यपालिका बैठक सकिएपछि नगरसभा बैठक सुरु भएको छ ।

कार्यपालिका बैठकमा उपमहानगरपालिकाका विभिन्न वडागत र महाशाखागत बजेट रकमान्तरण (संशोधन) प्रस्ताव पेश गरिएको थियो । त्यस्तै गत वैशाख ३१ गतेको कार्यपालिका बैठकबाट स्वीकृत खरिद गुरुयोजनालाई संशोधन गरेर योजना तथा इन्जिनियरिङ महाशाखाबाट तयार भई पेश भएको संशोधित खरिद गुरु योजना स्वीकृत गर्ने प्रस्ताव पेश गरिएको थियो । त्यस्तै न्यायिक समितिसम्बन्धी कार्यविधि ऐन पनि संशोधन प्रस्ताव गरिएको थियो ।

बैठकमा उपप्रमुख बेघाले विभिन्न विषयगत समितिबाट आएका प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा प्रमुख राईले आफूलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएपछि विवाद उत्पन्न भएको थियो । प्रमुख राईले आफ्नो जानकारी बिना आएको प्रस्ताव स्वीकार्य नहुने बताएपछि उपप्रमुख बेघाले कानुनबमोजिम र प्रक्रियाअनुसार विषयगत समितिमार्फत आएको प्रस्तावलाई पेश गरिएको बताए ।

कार्यपालिकाबाट पारित भएका विषयमा नगरसभामा छलफल जारी रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १६, २०८० 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid