sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, ओपिडी नै प्रभावित

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:११
सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, ओपिडी नै प्रभावित

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल कर्णाली, सुर्खेतको सेवा प्रभावित भएको छ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमा मंगलबार फर्किएपछि समस्या आएको हो।अहिले प्रदेश अस्पतालले तीन वर्षदेखि दिँदै आएको न्यूरो सेवा प्रभावित भएको छ। ६ महिनाका लागि मन्त्रालयले खटाएका खड्का स्वतस्फूर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बसेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले ०८० भदौ १७ गते न्युरोलोजिस्ट डा.ओमबिक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो। जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसकेका छन्। अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन्।

त्यस्तै, पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टरद्धय ओमबिक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएका छैनन्। जसका कारण अस्पतालको न्यूरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक प्रा.डा. डम्बर खड्काले बताए।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid