May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३६
एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि

बिर्तामोड । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । चैत १५ र १६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

११ औं जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । त्यसका लागि अध्यक्ष ओली बुधवार नै झापा आइसकेका छन् । पार्टी अध्यक्ष ओलीको गृह जिल्लामा हुने जिल्ला अधिवेशनलाई सबैले महत्वका साथ हेरेका छन् । ओलीले ११ बजे अधिवेशनको उद्घाटन गर्ने समय तालिका मिलाइएको छ । अधिवेशनका लागि आवश्यक व्यवस्थापन मिलाइसकेको बताइएको छ ।

अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुने जिल्ला कमिटीले जनाएको छ ।

एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङ्गेल आकाङ्क्षी रहेका छन् । हालका कार्यवाहक अध्यक्ष गिरी र सचिव ढुङ्गेलले अध्यक्ष बन्ने आकाङ्क्षा व्यक्त गरिरहेका छन् । गिरी र ढुङ्गेल दुवै जना अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट