May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १५:२९
नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई

काठमाण्डाै – नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे ।

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेन्डशिप कप खेल्दैछ । त्यही प्रतियोगिता अगाडिको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक देसाईले भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको उनको भनाइ छ ।

देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले एसीसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै राम्रो नतिजासहित देश फर्कने बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई नयाँ ढङ्गबाट अगाडि बढाउन आफू लागिपरेको बताए ।

फ्रेन्डशिप कप यही मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एकअर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् ।

टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।