आज राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले अनलाइनखबरसँग भने ।
जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।