May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनसरीको हरिनगर र देवानगन्जमा निषेधाज्ञा : ६ राउण्ड गोली चल्यो

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १४:१५
सुनसरीको हरिनगर र देवानगन्जमा निषेधाज्ञा :  ६ राउण्ड गोली चल्यो

विराटनगर । सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाको वडा नम्बर १ र ६ मा निषेधाज्ञा जारी गरेको छ । २ समूहबीच झडप भएपछि स्थानीय प्रशासनले दुई पालिकामा भेला/ प्रदर्शन र र्‍यालीमा रोक लगाएको हो ।

शुक्रबार सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले एक आदेश जारी गर्दै शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको बताएका छन् । निषेधाज्ञाका बेला सामाजिक, धार्मिक तथा राजनीतिक सभा, र्‍याली-भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने उल्लेख छ ।

बिहीबार हरिनगर गाउँपालिका-१ भुटाहामा एक युवकमाथि कुटपिट भएको भन्दै दुई समूहबीच तनाव चर्किएको हो । शुक्रबार दुई समूहबीच उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट