sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज घोडेजात्रा, उपत्यकामा सार्बजनिक बिदा

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १२:0१
आज घोडेजात्रा, उपत्यकामा सार्बजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालिन समयमा शहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्नसक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी शहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ ।

घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रिगणलगायतले सेनाको अश्वकला अवलोकन गर्ने चलन पनि छ ।

सरकारले घोडेजात्राको अवसरमा सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid