sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० १६:४८
सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो ।

कुनलाई राष्ट्रिय फल घोषणा गर्न सकिन्छ, कुन फलको अवस्था के छ, त्यसको तथ्याङ्क, विवरण र विश्लेषण गरी फलफूल विकास केन्द्र कीर्तिपुरले कृषि मन्त्रालयलाई पठाएको थियो । त्यसकै आधारमा विश्लेषण गरेर मन्त्रालयले मन्त्रीपरिषद्मा लगेको हो ।

फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाका अनुसार, सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५–७६ तिर अध्ययन सुरु भएको थियो । पछिल्लो समयमा नयाँ शिराबाट अध्ययन भएको थियो । सुन्तला जातअन्तर्गत सुन्तला, जुनार, कागती, बिमिरो, भोगटे, निबुवा, मुन्तला, चाक्सी, संखत्र आदि फल पर्छन् ।

नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन् । नेपालमा आँप, सुन्तला, केरा, काफल आदिका विभिन्न जात पाइने गरेका छन् । यसमध्ये व्यावसायिक रूपमा ६० वटा जति फलको खेती गरिन्छ । तराईमा आँप, केरा, लिची आदि, मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मोसम, भोगटे आदि र उच्च पहाडमा ओखर, स्याउ प्रमुख फल छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid