May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १६:0९
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् । अब सोडारी दावी पेश गर्ने तयारीमा जुटेका छन् ।

यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबि गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दाबि पेश गर्ने तयारीमा सोडारी रहेका थिए ।

सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि २८ सांसदको समर्थनमा सरकार दाबि गर्दै छन् । प्रदेश प्रमुखले सरकार दाबि गर्न दिएको दुई दिनको समय आज साँझ ५ बजे सकिदै छ । प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने तयारीमा छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्