May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

नयाँ लाइसेन्स वितरणमा ढिलाइ नगर्न लगानीकर्ताको आग्रह

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १२:५0
नयाँ लाइसेन्स वितरणमा  ढिलाइ नगर्न लगानीकर्ताको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष लगानीकर्ताले नयाँ लाइसेन्स वितरण प्रक्रियामा ढिलाइ नगर्नसहित ६ बुँदे माग राखेका छन् । बुधबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ (नेपाल) र नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धितोपत्र बजार सुधारका विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिनाढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताले माग गरेका हुन् । १२ करोड रुपैयाँसम्मको सेयर कर्जाको सीमाले धितोपत्र बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्थालाई फिर्ता लिनका लागि समेत लगानीकर्ताले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

ब्याजदरमा पुनरवलोकन गरी एकल अंक कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन लगानीकर्ताले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।

धितोपत्र बजारको विकास र विस्तारका लागि नियामक निकायले वितरण गर्न लागेको नयाँ लाइसेन्स प्रक्रिया विभिन्न बहानामा अवरुद्ध भई स्थगित गरिए लाखौँ लगानीकर्ता आन्दोलनमा होमिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने चेतावनी समेत लगानीकर्ताले दिएका छन् ।

नयाँ लाइसेन्स वितरण प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य राखेर संसद्मा केही सांसदले उठाएको आवाज आपत्तिजनक रहेको लगानीकर्ताको भनाइ छ । राष्ट्र निर्माणका लागि नीति निर्माण तहमा पुगेका सांसदहरूबाट बजार विकासका लागि थालिएको कदमविरुद्ध उठेको आवाजले आम लगानीकर्तालाई मर्माहत तुल्याएको ज्ञापनपत्रमा उल्लेख छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट