काठमाडौं । पटक पटक हेर्दा हेर्दैमा राखिँदै आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाहरूले दिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो । रिट दिनेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जना छन् । रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका थिए ।
उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।