November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापाको गौरादहमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, असार २७, २०८१ ११:३३
झापाको गौरादहमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा  एक जनाको मृत्यु

झापाको पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।

गौरादह– १ सितापुरीस्थित पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा बिहीबार बिहानको राति १ बजे पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार भारत झारखण्ड राज्य गोडा स्थायी ठेगाना भई नेपाल पाहुना आएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेकोले निम्स अस्पताल दमक लगिएको र उपचारको क्रममा चिकित्सकले बिहान साढे २ बजे मृतक घोषणा गरेका थिए । मोटरसाइकल चालक गौरादह १ निवासी ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार २७, २०८१ ११:३३

प्रतिक्रिया