April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा

  • साझा परिवेश
  • बिहिबार, असार २७, २०८१ ११:३४
इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ।डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो।

जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए। इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए।

इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्‍यो। डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि डी बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए। तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्‍यो। ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले। कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाए।

इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ। स्पेनले मंगलबार सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्सलाई २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

  • साझा परिवेश
  • बिहिबार, असार २७, २०८१ ११:३४

प्रतिक्रिया

नेपाल अपडेट