यो अवधिमा ६ अर्ब २६ करोड ९ लाख ३० हजार रुपैयाँको ३४ लाख ४४ हजार २९५ किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै ८५ लाख २१ हजार रुपैयाँको ६ हजार किलो युएईमा, ७ लाख २० हजार रुपैयाँको २४० किलो फ्रान्सतर्फ निर्यात भएको छ ।