June 21, 2025 | शनिबार, असार ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ 0९:४२
आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

वैशाख शुक्ल नवमी अर्थात् सीता जयन्ती। उनीप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। रामनवमीको एक महिनामा यो पर्व पर्छ। त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ। उनै रामसँग सीताको विवाह भएको थियो।

पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख भएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ।

सीताको जीवन निकै संघर्षपूर्ण रहेको वाल्मीकिकृत् रामायणमा उल्लेख छ। पिताको आज्ञासँगै राम १४ वर्षको वनबास जाँदा उनी पनि सँगै थिइन्। यस क्रममा उनलाई लंकाका राजा रावणले हरण गर्‍यो। लामो समयपछि रावणसँग युद्ध गरी रामले सीतालाई ल्याए। पछि अयोध्या फर्केर राम राजा भए। तर लोकनिन्दाका कारण रामले सीतालाई त्यागे। सीता वनमा गएर बसिन्। त्यहाीँ उनले दुई छोरा लव र कुशलाई जन्म दिइन्। पुनः दरबारमा बोलाइएकी उनीमाथि लोकले फेरि प्रश्न उठाएपछि अन्त्यमा धर्तीमै लुप्त भएको बताइन्छ।

सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्छ। यसै अवसरमा मंगलबार बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिए। गोकर्णेश्वर नगरपालिका- २ भूमिस्थलीस्थित रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ 0९:४२

प्रतिक्रिया

नेपाल अपडेट