

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने सेक्युरिटी गार्डलाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् । उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश […]
काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको […]
जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका २६ वर्षीय शंकर महतो छन् । पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा मिथिला नगरपालिका–२ नक्टाझिझको विश्वकर्मा चोकस्थित रोशनलाई चेकजाँच गर्दा माउजर पेस्तोल र सो पेस्तोलमा लोड गरिएको म्यागेजिन एक थान […]
आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी […]
नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको […]
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।
काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि […]
रवि लामिछानेको सांसद पद खारेज १३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग […]
महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ट्याक्टरमा सवार सवै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइते मध्ये गम्भीर घाइते […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ। यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । आज दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् । मन्त्रालयका एक अधिकारी अनुसार मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन […]
काठमाडौं। गत निर्वाचनमा युवालाई अवसर दिने भन्दै आफूले पाएको टिकट त्यागेका पूर्वसभामुख अग्नि सापकोटालाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ। पदाधिकारीको संख्या थप गर्न लागेको माओवादीले सापकोटालाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको हो। माओवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी थप गर्ने विषयमा छलफल गरेको थियो। आज बस्ने बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउने गरी पदाधिकारी […]