

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपालमा अमेरिकाले धर्म परिवर्तनका लागि पैसा बाडेको भनि अमेकाको सिनेटले लगाएको आरोप बारे आज स्पष्टिकरण दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको प्रष्टीकरण दिएको हो । दूतावासबाट जारी नोटमा भनिएको छ, ‘अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई […]
विराटनगर । पूर्वको प्रतिष्ठित मध्येको विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम […]
ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्यालएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने उजुरीका आधारमा रानालाई […]
काठमाडौं । अमेरिकी सहर बाल्टिमोरमा एउटा पुल कन्टेनर जहाजले ठक्कर दिँदा पूर्णरुपमा नदीमा खसेको छ । पटापस्को नदीमा रहेको उक्त पुल कन्टेनर जहाजले ठक्कर दिएपछि पूर्णरुपमा भत्किएर नदीमा खसेको हो । घटनास्थलमा रहेका सुरक्षाकर्मीले प्रारम्भिक जानकारी अनुसार २० जना व्यक्ति र धेरै गाडीहरू नदीमा खसेको उल्लेख गरेका छन् । यो दुर्घटनामा कति मानिस हताहत भए […]
सामाजिक अभियन्ता डा. गोविन्द केसीले यही चैत १२ गतेको सर्वोच्च अदालतको फैसलाप्रति ध्यानाकर्षण भएको बताएका छन् । डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै अदालतले एक ‘उच्छृंखल र अराजक मेडिकल व्यापारी’को मुद्दाउपर गरेको फैसलाको संक्षिप्त आदेशको प्रतिलिपि प्राप्त नभएको समेत जनाएका छन् । “देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् । उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट परिवर्तनको अनुभूति गराउन […]
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय प्रदेश र जिल्ला कमिटीहरु पार्टी केन्द्रले तर्जुमा गरेको ११ बुँदे कार्य योजनाअनुसार काम नगरेको बताएका छन् । उनले कार्य योजना नबनाई पटके निर्णय गरेर काम गर्ने गरेको पाइएको भन्दै यसले कमिटीहरू निष्क्रिय हुँदै जाने खतरा रहेको बताए । मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले […]
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल कर्णाली, सुर्खेतको सेवा प्रभावित भएको छ। विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमा मंगलबार फर्किएपछि समस्या आएको हो।अहिले प्रदेश अस्पतालले तीन वर्षदेखि दिँदै आएको न्यूरो सेवा प्रभावित भएको छ। ६ महिनाका लागि मन्त्रालयले खटाएका खड्का […]
इलाम । इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ्ग, यामनाथ भण्डारी र लालबहादुर डांगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए […]
काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिमलाई नेपालले दोस्रो टी २० खेलमा १९९ रनको चुनौती पेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । ३२ बलको सामना गरेका गुल्सनले ४ छक्का […]
धादिङको थाक्रे गाउँपालिका–६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सोही गाउँपालिका–३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीमाथि मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको आरोप छ । घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार रहेका उनलाई पक्राउ गरिएको […]
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ। त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा […]