

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
वीरगन्ज । दुई समुदायबिचको तनाव कारण वीरगन्ज महानगरपालिकामा सोमबारदेखि जारी कर्फ्यु आज पनि जारी छ । सर्वसाधारणको सुविधाका लागि आज बिहान ४ घण्टाका लागि खोलिएको कर्फ्यु पुनः जारी भएको हो । प्रशासनले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर पुनः १० बजेदेखि भने कर्फ्यु यथावत् राखिएको जिल्ला […]
काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नं. २७ बाट सङ्कलन भएको झण्डै १४ हजार किलो जैविक फोहर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ भएको छ । फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहरलाई छुट्टै सङ्कलन गरी ढुवानी पनि छुट्टै गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा वडा नं. २७ बाट घरेलु फोहरको दिगो व्यवस्थापनका […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् । मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो । बालकुमारी […]
काठमाडौँ । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो । यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् । सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ । ‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । बधाई दिएर भ्रम फैलाउने काम भएको छ’, मंगलबार बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपामा बैङ्किङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ । यस्ता सेवाग्राही विशेष सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले सचेत गराएको हो […]
ताप्लेजुङ । बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उनकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास […]
काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका […]
काठमाडौँ । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा न त आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ । महत्त्वाकाङ्क्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आङ्कलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब […]
काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ । प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो । मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ मन्त्रालयको कार्य प्रगतिमा प्रश्न उठाउँदै सचिवहरूकै अगाडि मन्त्री फेर्ने बताएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विषयमा मन्त्रिपरिषद् बैठकमै असन्तुष्टि जनाए […]
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ । हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ । पर्साका प्रमुख जिल्ला अधिकारी […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरे । ‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने । अहिले ३ जना सिफारिस भएको […]