

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभागृहमा जारी छ। पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसिरहेको छ । बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानकोप्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुप्पकमल दाहाल समक्ष […]
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ। आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक्क महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो। प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढ़वा प्रक्रिया अघि बढाउन सहमत भएपछि आन्दोलन स्थगित […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको विधानबारे निर्णय लिएर विधान अधिवेशनको अन्तिम तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक विहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने जनतासँग माओवादी विशेष […]
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […]
काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै […]
काठमाडौं । क्यानडाविरुद्धको दोस्रो तीनदिने एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको छ । २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले […]
काठमाडौं । मुगु सहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत, बैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् । ‘पहिले पहिले चैत वैशाखमा लालिगुराँस फुल्ने गथ्र्यो यो वर्ष […]
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी […]
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गरेका छन् । सामान्य कच्ची घरमा उनी अहिले बस्दै आएका छन् । […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो । तर शाहले जवाफ दिएका […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले फर्स्ट बेञ्चर र लास्ट बेञ्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नुपर्ने बताएका छन् । स्थानीय पत्रिका ‘न्यू सृष्टि दैनिक’को वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताए । ‘फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको ज्ञान र क्षमताको मापन […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको […]