July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

क्यानडाविरुद्ध नेपालको दोस्रो जित

  • साझा परिवेश
  • शनिबार, माघ २७, २०८० १८:0३
क्यानडाविरुद्ध नेपालको दोस्रो जित

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो तीनदिने एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको छ । २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

यसअघि टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो ।

क्यानडाको ब्याटिङमा आरोन जोन्स र नवनीत ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरेर राम्रो सरुआत गरेका थिए । डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी उक्त साझेदारी तोडेका थिए । ढालिवालले ६० बल खेल्दा ८ चौकासँगै ४६ रन बनाए । जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेल्दा १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए ।

प्रगत सिंहले ३८, निकोलस कीर्तनले २०, हर्ष ठाकेर ३, दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदले १३ रन बनाएका थिए । श्रेयस मोभ्भाले ४० र भगवानले २२ जोडेका थिए ।
बलिङतर्फ नेपाली टिमका रोहित र कुशलले २—२ विकेट लिए भने सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १—१ विकेट लिए । नेपालले कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई शनिबार प्लेयिङ ११ बाहिर राखेको थियो ।

दोस्रो एकदिवसीय क्रिकेट शृंखलाका दुई खेल नेपालले जितेको छ । तेस्रो खेल सोमबार हुनेछ ।

  • साझा परिवेश
  • शनिबार, माघ २७, २०८० १८:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्