

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
तनहुँ । तनहुँको भिमाद सेर्का बरालथुम्कीमा फोर्स जिप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना सिकिस्त छन् । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पतालमा पोखरामा उपचार भइरहेको छ । रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद सेर्का बरालथुम्कीमा […]
काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बुधबार दिउँसो एक बजे महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ । बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तेस्रो दिन पनि मूल्य ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले घटेको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधवार संसद्को कानुन समितिकाे बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे । ‘त्यसकारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने […]
जनकपुरधाम । जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला परेको छ । गोलबजार नगरपालिका -७ मा पार्किङ गरेको अवस्थामा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जनकपुर भिठामोड चल्ने चल्ने ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । तर, मंगलबार […]
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात […]
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमानदारीका साथ पूरा गर्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा बोल्दै उनले सङ्घीयताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा सङ्घीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए । लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार […]
इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ। यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ। नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिएका छन्। अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई […]
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन […]
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद […]
काठमाण्डौ – भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ । […]
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव […]