

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
एक नाबालकको अपहरणको प्रयास अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर अपहरण गर्न खोजियो भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गुलरिया ।। बर्दियाको सदरमुकाम गुलरियामा एक नाबालकको अपहरणको प्रयास भएको छ । अपहरणकारीहरूले ३ वर्षीय (क-१) बालक {बालकको गोपनीयताको लागि परिवर्तित नाम}लाई चकलेट दिएर ललाईफकाई गरि अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर […]
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार मंसिर ५ गते बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । […]
हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी हिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने न्युर्योक।। प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू भएको छ। न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ। सो समाचार […]
इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली खटाउने प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने काठमाडौं ।। नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले […]
आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङ मृत फेला परे उनका श्रीमती, एक छोरी र एक छोरा टुहुरा भए झापा ।। झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारि घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८ः३० बजे छिमेकीले मृत […]
काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाल सुन एक लाख […]
मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने […]
आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गयो महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा ट्राफिक प्रहरीसंग बस ठोक्किन पुग्यो चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लियो सर्लाही ।। सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएकाे छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय […]
सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुन सकेन। टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सबै रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो। त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण एकल इजलास बस्न सकेन। […]
व्यवस्था उल्ट्याउने अभियानमा रहेका दुर्गा प्रसाईं र त्यसको काउन्टरमा एमालेको भातृ संस्था युवासंघ नेपालले काठमाडौँमा एकैदिन शक्ति प्रदर्शन गर्न लागेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा रणनीति अपनाउने भएको छ । हिजो बसेको काठमाडौँ उपत्यका सुरक्षा समितिको बैठकले आन्दोलन लक्षित सुरक्षा रणनीति बनाउने निर्णय गरेको हो । साविक तोकिएको निषेधित क्षेत्र राष्ट्रपति भवन […]
इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट डेढ सय मिटर खस्दा धनुषाका ३ जनाको ज्यान गयो इलाम ।। आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बस मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका तीन जनाको ज्यान गएको हो। इलाम प्रहरीका अनुसार चालकले […]
काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल […]