

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डाै – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेलाई रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बोर्डले रक्षा मन्त्रालयमा पेस गर्ने तयारी गरेको थियो । तर, उहाँको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखिएको भन्दै आलोचना भएको थियो । पाण्डेको कागजात छानबिन गर्नुपर्ने चौतर्फी दबाब बढेपछि पाण्डेले बिहीवार राजीनामा दिनुभएको हो […]
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य […]
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको जनाएको छ । निलम्बनपछि आईसीसीले श्रीलङ्का क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको सहभागिता के हुने भन्नेबारेमा […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता […]
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको झापा र इलाम जिल्ला शाखा गठन भएको छ । सङ्घको १० र ११ औँ शाखाको रूपमा यी शाखा गठन भएका हुन् । दुई जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा सङ्घका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । इलामा शाखामा अतीत […]
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी […]
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ल्याएको “दशैंमा दश लाख” उपहार योजना भक्तपुर सानोठिमिका गोकुल लामिछानेले जितेका छन् । भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जितेका छन । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल लामिछानेले […]
काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् । डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ […]
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ यूएईसँगको खेलका लागि टिममा परेका छैनन् । घुँडाको चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको एन्फाले जनाएको छ । […]
३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोक्यो न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रवार अन्तरिम आदेश जारी कास्की । पोखराको बीच भागबाट बग्ने फिर्के खोला मिचेर बनाएर संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोकेको छ । फिर्के तमु समाज लगायतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा उच्च अदालत पोखराका […]
एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि झन्डै पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ । युद्ध शुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक […]