

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पोखरा- गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो। पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको थियो।
८ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङले […]
भक्तपुर – मध्यपुर थिमि बालकुमारीमा कुभिण्डेजात्रा मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यस जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर शुरु भएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको […]
काठमाडौं- धनगढीबाट मंगलबार भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। मंगलबार राति करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामशरण राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक […]
लुम्बिनी,कात्तिक ८ रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् […]
काठमाडौं– दसैं टीकाको दोस्रो दिन आज पनि मान्यजन र परिवारका आफन्तको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। बडादसैंको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ। आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । महत्त्वपूणर् व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट […]
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलकाे सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ […]
काठमाण्डौ – भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको छ । सरकारी तथ्यांक अनुसार आज त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ पुगेको छ । पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम र २०१ देखि […]
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैँको टीका लगाइदिनुभएको छ । मंगलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणलाई नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा टीका लगाइ दिनुभएको हो । राष्ट्रपतिले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको हो । […]
भक्तपुर – दशैँको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दशैँको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझबाट भक्तपुरमा शुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । नेपाल संवत् ४४३ पौषशुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै […]
काठमाण्डौ – नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १ सय ७८ रन बनाएर अल आउट भयो । जितको लागि २ सय […]