May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने

  • साझा परिवेश
  • बुधबार, कार्तिक ८, २०८० १७:0६
हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने

८ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो । ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर, कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको साझेदारी गरे । रथ व्यक्तिगत ४१ रनमा आउट भए ।

कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारी गरे । अन्तिम १० बल खेल्न बाँकी छँदा ८६ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।

हायत ६० रनमा अविजित रहे । २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए । यसस्ँगै उनी टी-२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए ।

जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसको सुरुवात निकै खराब थियो । ८१ रन जोड्दा ५ विकेट गुमाइसकेको बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । निलांश ३१ र बाजिल ३० रनमा अविजित रहे ।

खालिद शाहले ३५ र अलिशान आशरफूले ३० रन जोडे ।

श्रृंखलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो । तर रन रेटका आधारमा समान २ अंक जोडेको यूएई फाइनलमा पुगेको छ । बुधबार यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा बाजी मार्दै फाइनल पुग्ने थियो । तर, पछिल्लो तीन ओभरमा हानेको चार बाउन्ड्री मद्दतमा यूएईले १३४ रन कटायो ।

अब यूएईले समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ८, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।