

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न माधवकुमार नेपालको चेतावनी प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होसियार ! काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् […]
रकेट आक्रमणमा ५०० जनाको मृत्यु हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी एन्टोनियो गुटेरेसद्वारा अस्पतालमा भएको आक्रमणको निन्दा काठमाडौं ।। गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै […]
३ वटा सडक खण्ड आजदेखि एकतर्फी त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०-१० जनाको टोली खटाइयो काठमाडौं ।। काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ । काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित […]
खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि… बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य खोटाङ ।। जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना […]
काठमाण्डौ – इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव केही दिन भित्रमा नेपाल ल्याइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ । दूतावासका अनुसार पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउन लागिएको हो । ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच जनाको […]
काठमाण्डौ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपा र […]
काठमाण्डौ – नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ […]
काठमाडौं- गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ। सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो। भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ। आफूले माया गरेको मान्छेले धोका दिएपछि […]
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष […]
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग […]
रूकुम पश्चिमको एक होटलमा महिला मृत फेला परेकी छिन्। मुसीकोट नगरपालिका-१ खलंगास्थित सत्कार होटलमा अन्दाजी ३० वर्षीया एक महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन। होटलको कोठामा सिरकले छोपेको अवस्थामा आज बिहान शव फेला परेको हो। उक्त कोठा आइतबारदेखि त्रिवेणी गाउँपालिका ठेगाना भएका भनिएका विकास केसीको नाममा बुक […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मङ्गलवार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना हुनुभएको हो । अहिले उहाँलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।