

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डाै – कर्मचारी सञ्चय कोषले आफनो ६२औँ वार्षिकोत्सव आज मनाउँदैछ । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो भने ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको शुरुवात गरेको थियो । कोषले २०५२ सालदेखि कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको कोष कट्टी गर्दै आइरहेको छ । कोषले ०७६ देखि योगदानमा आधारित […]
काठमाण्डाै – झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाण्डाै जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गर्न लागेको हो। सीआईबीले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई […]
दाङ – पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै, अटवारीको दोस्रो […]
मेष–मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । वृष–सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा […]
अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा पक्राउ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ का २० वर्षीय मिलन थापा कोठा भाडामा लिएर गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन काठमाडौं ।। कल सेन्टर सञ्चालन गरेर अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ का २० वर्षीय मिलन थापा रहेका छन् । उनी हाल काठमाडौंस्थित […]
एकीकृत समाजवादीमा कार्यविभाजनको विवाद केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर कार्यविभाजनमा अध्यक्षको नै हालीमुहाली काठमाडौं ।। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा नयाँ कार्यविभाजनले विवाद निम्त्याएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११औँ अन्तरपार्टी निर्देशन (अपानी)ले विवाद निम्त्याएको हो । एकीकृत समाजवादीको सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । यस पटक संघीय निर्वाचन […]
काठमाडौं । रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाईकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट गत भदौ १० देखि मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । याेसँगै अब यो क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने कम्पनीले जनाएकाे छ । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुऱ्याउन […]
काठमाण्डाै – न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । आज शुक्रवार बसेको परिषद्को बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ […]
मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया थिइन् ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार हुँदै काठमाडौं ।। सप्तरीको रुपनी गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका-३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् । दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक […]
विराटनगर । पछिल्लो समय क्यान्सर रोग सम्बन्धी बिमारी बढेका कारण त्यसको रोकथाम तथा न्युनिकरणको लागि २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु भएको छ । नेप्लीज सोसाइटी फर प्राइमरी केयरको आयोजना तथा बिराट क्यान्सर इन्स्टिच्यूटको सहकार्यमा शुक्रबारदेखी मोरङको बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा २ दिने कार्यशाला सुरु भएको हो । कार्यशालामा कोशी प्रदेशका […]
प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्न सक्ने प्रहरी समायोजन नहुने भएपछि सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने काठमाडौं ।। वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् । शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै सरकारले तोकेको समयमा प्रहरी समायोजन […]
काठमाडौँ । राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ । तर मनाङेले सामाजिक सञ्जाल फेसबुकमा उक्त पदप्रति असन्तुष्टि जनाउँदै […]