

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
वीरगञ्ज । वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् । बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन् । आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने […]
सिमकोट । पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९७० पशु मरेको पाइएको छ। भेटनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले हालसम्म ९ हजार ९८८ पशुमा यो रोग देखिएकोमा ९७० पशुवस्तु मरेको जानकारी दिए। उनका अनुसार जिल्लाका सातवटै गाउँपालिकाका पशुमा यो रोग लागेको छ। मर्ने पशुमा गाई-गोरु, घोडा, जुमा, […]
जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्यांकरबाट पानी वितरण भइरहेको जानकारी दिए। बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय […]
काठमाडौं ।। मेलम्चीको सुरुङमार्फत थप दुई वटा खोलाको पानी ल्याउने योजना १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजना ओझेलमा पर्यो मेलम्चीको सुरुङ हुँदै सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाको पानी पनि काठमाडौंमा ल्याउने योजना अन्योलमा मेलम्ची खानेपानी आयोजनामा ५० करोड ८३ लाख खर्च गर्ने योजना बनाएको मुहानले अन्योल बनायो बाढीले बितण्डा मच्चाएकोले यो अवस्था […]
काठमाडौं । सरकारले बाढीग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापनामा ढिलाइ गर्दा मेलम्चीको सुरुङमार्फत थप दुई वटा खोलाको पानी पनि काठमाडौं ल्याउने योजना अलपत्र परेको छ । १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स (पानी सुरुङमा हाल्ने क्षेत्र)मा क्षति त पुर्यायो नै, त्यसले मेलम्चीको सुरुङ हुँदै सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाको पानी पनि काठमाडौंमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखेको केही दिनपछि बाँके राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश […]
काठमाडौं ।। यस वर्ष प्रकोपबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुनसक्ने कोशी प्रदेशमा तीन लाख एक हजार १४३, मधेशमा चार लाख तीन हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४, लुम्बिनीमा एक लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूरपश्चिममा एक लाख ४७ हजार १८१ जना प्रभावित यो वर्षको बाढीपहिरो […]
काठमाडौं ।। नेपाल टिम गोलरक्षक – किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ डिफेण्डर – विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा मिडफिल्डर – पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने । फरवार्ड -आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, […]
काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन् ।उमेरहद हटाइएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एमालेभित्रै पनि कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । तर, आइतबार एमाले अध्यक्ष ओलीले उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन मानेनन् । आइतबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन […]
काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग भएको छ । राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । “प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ,” शाहीले भने, “३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि […]
काठमाडौं ।। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उल्लेख गरे । राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा […]
काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट […]