

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा भएको छ । मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो । टिमको उपकप्तानमा भिरनदिप सिंह छन् । यस्तै टिमका अन्य सदस्यमा सयद अजित, शर्भिएन मुनिएन्डी, अमिरक अजिम, फित्री शाम, खिजार हायात, […]
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ । चालु […]
पर्सा । वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौबिसै घण्टा खुला गरिन लागिएको हो । राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिँदै आएकोमा चैत ३० देखि भने वैशाख […]
नुवाकोट मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्। जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका–१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्। २०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान […]
सिमकोट ।नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले नेपालको सीमामाथि कसैले गिद्दे नजर लगाए सहन नसकिने बताएका छन्। एमालेको ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा हुम्ला आएका नेता आचार्यले प्रेस चौतारी, हुम्ला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भारत–चीन कसैले पनि नेपालको सीमामाथि धावा बोले त्यसलाई एमालेले प्रतिवाद गर्ने उनको भनाइ थियो। […]
भैरहवा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकालाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताए। उनले भने,’मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न,नागरिकताविहीन […]
दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेका हुन्। पार्टीमा […]
बुटबल । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ। सडकमार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रूपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ। बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको छ। नाकामा सङ्क्रमण देखिएकाहरु आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा […]
बागलुङ सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ प्रहरीले बागलुङको तमानखोला गाउँपालिका–४ (साविक तमान गा.वि.स.–६) का ३९ वर्षीय कृष्णबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए । २०६७ भदौ ३१ गते भएको म्याग्दीको रुम गा.वि.स.–७ का ४६ वर्षीय लालबहादुर विक […]
मोरङ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागू औषध (खैरो हेरोइन) सहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय राहुल बिक छन् । आरोपीको साथबाट प्रहरीले १ ग्राम ९४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । राहुलले सो हेरोइन ४० वर्षीय विमल बहादुर कटवालले बोक्न दिएको […]
काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदामा आपत्ति जनाउँदै राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा र खरिदार) ले आन्दोलन सुरु गरेका छन् । ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’ नाममा उनीहरुले १५ बुँदे माग राखेर आन्दोलन सुरु गरेका हुन् । १९ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई नासुको आँसु नदेख्ने भन्दै […]
काठमाडौं । चीनले भारतका गृहमन्त्री अमित शाहको अरुणाञ्चल भ्रमण प्रति आपत्ति जनाएको छ । शाहको अरुणाञ्चल भ्रमणले चीनको सार्वभौमिकता र विदेश नीतिमा गम्भीर आघात पुर्याएको भन्दै चीनले शाहको भ्रमणमा आपत्ति जनाएको हो । पूर्वी भारतको अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा अमित शाहले भ्रमण गरेसँगै चीनेले यस किसिमको प्रतिक्रिया दिएको हो । चीनले भारतको अरुणाञ्चल प्रदेश सीमाका केही […]