April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से

एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:0४
एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा

काठमाडौं । अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा भएको छ ।

मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो । टिमको उपकप्तानमा भिरनदिप सिंह छन् ।

यस्तै टिमका अन्य सदस्यमा सयद अजित, शर्भिएन मुनिएन्डी, अमिरक अजिम, फित्री शाम, खिजार हायात, रिजवान, भिजय उन्नी, अनवर रहमान, नाजरिल रहमान, वान मुहम्म अजाम, वाफिक इर्फान र सायदात छन् ।

प्रिमियर कपमा मलेसिया नेपाल रहेको समूह ए मा छ । यस समूहमा ओमान, कतार र साउदी अरेबिया पनि छन् ।

नेपाल मलेसियाबीच अप्रिल १८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल हुनेछ । समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहाराइन छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टेष्ट राष्ट्र खेल्ने एसिया कपमा छनोट हुनेछ । यस्तै शीर्ष तीन टोली एसीसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट