इन्डियन प्रिमियर लिग (आईपीएल)काे फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्ससँगको खेलपछि स्लो ओभर रेटमा दोषी ठहर भएपछि पन्तविरुद्ध कारबाही गरिएको हो। आईपीएलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ‘दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई मार्च ३१ मा विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी स्टेडियममा भएको खेलमा […]
बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको हो । एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीले केयुकेलको काम प्रति आपत्ति जनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले स्वच्छ खानेपानी पिउन नपाएको बताएका हुन। सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘काठमाडौंका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ ।’ सांसद पराजुलीले भनेका छन् […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइका साथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा दुई मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरू, निरीक्षक र सबै अधिकारीहरूका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरू बाहिर आएको भए पनि त्यसको मूल्य सिङ्गो मधेशले चुकाउन […]
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद् प्रतिमा गौतमलाई बोल्न समय दिए। सत्यतथ्य अनुसन्धान र छानबिनको माग गर्दै उनले सत्ता साझेदार दलको सभापतिलाई जोगाउन सरकार लागेको आरोप लगाइन्। सरकार र सत्ता साझेदार दलका […]
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार विहान साढे १० बजे उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्नेमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन अभियान चलाएकी कृतु भण्डारीले बाह्रखरीलाई बताइन् ।काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण […]
सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशीसहित २७ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेश गर्न अल्टिमेटम दिएको छ। यसअघि कार्यालयले ३० दिनभित्र […]
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्। जसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठ डाकिएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्नेछ। माओवादी केन्द्रबाट […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशले सरकारले आज सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । राना थारू समुदायको सबैभन्दा ठुलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाइने चलन रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको २०७९ चैत्र २२ गते बसेको मन्त्रीपरिषद्को […]
ललितपुर । करिब १५ लाख रुपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबका सञ्चालक रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २२ वर्षीय सरोज योञ्जन रहेका छन् । ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व/भन्सार छली चोरी पैठारी गरी […]
झापा । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदै छन् । उनी आज बिहान साढे १० बजे काठमाडौं पुग्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी० का अध्यक्ष […]