काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने […]
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा नेपाल समूह ‘डी’मा छ । सन् २०१४ पछि विश्वकपमा छनोट भएको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, […]
काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सजा बाह्र बजे सुरु हुनेछ। पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ । श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो । गत शनिबार […]
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ । आज काठमाण्डौमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले आमसञ्चार क्षेत्रको स्वःनियमन, प्रवर्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी […]
काठमाण्डौ – जापानका परराष्ट्रमन्त्री योको कामीकावा पर्सि नेपाल भ्रमणमा आउनुहुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा मे ५ तारिख अर्थात् आउँदो आइतवार नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र […]
झापाको दमकमा गोली प्रहारबाट एक जना छात्रा घाइते भएकी छन्। सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी हुन्। शुक्रबार दिउँसाे परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको हो। गोली हानेर ती युवा भागेको प्रहरी स्रोतले बताएको छ। उदयपुर घर भई दमकमा डेरा […]
काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी […]
काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्युठानका मिनबहादुर बुढाको निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्युठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्युठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।
काठमाण्डाै – सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट नहुने भन्दै स्वतन्त्रताका नाममा आउने मिथ्या र भ्रामक सूचनाले समाजलाई पारेको असरका विषयमा बोल्नुपर्ने बताएका छन् । उनले पत्रकारिता क्षेत्रको अगुवाहरूले यो विषयमा सोच्ने कि नसोच्ने भन्दै प्रश्न पनि उठाएका छन् । प्रधानमन्त्री प्रचण्डले पत्रकारिता क्षेत्रबाट मिथ्या र भ्रामक सूचनाले बढी […]
काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय […]