काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । पुस २७ मा कैलालीको टिकापुरमा भएको […]
काठमाडौं । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २-४५ बजे भएको थियो । भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको […]
काठमाडौं । काठमाडौं । उपत्यकाको वायु अझै अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हो । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ […]
काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा शुरु हुनेछ । अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै यूएई र हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ […]
झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार राती साढे १० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र– १-००१-००२ च ०१९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका-१२ निवासी गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । टाउको र दुवै हात खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकको […]
कुवेतले आगामी जुन १ देखि लागू हुनेगरी श्रम स्वीकृति परिवर्तनका लागि शुल्क लागू गर्ने भएको छ । उच्च श्रम ज्याला र देशमा श्रम अभावलाई सम्बोधन गर्न कुवेतका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख फहाद युसेफ अल–सबाहको अध्यक्षतामा सार्वजनिक प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । पब्लिक अथोरिटी फर म्यानपावर ९पीएएम०ले श्रम स्वीकृति प्रदान गर्ने संयन्त्रलाई […]
काठमाडौं । हिउँ पहिरोले गोखराको चुमनुव्री गाउँपालिका-१ स्थित वीरेन्द्रताल फुट्दा बुढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बिहान पौने ९ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बुढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह […]
भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल […]
वाशिङटन डीसी । अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेको छ । यसको पक्षमा ३६० र विपक्षमा ५८ मत खसेको थियो । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको अमेरिकामा १७ करोड प्रयोगकर्ता छन् । […]
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो । यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा […]
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र […]