भारी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्ग तथा विमानस्थल अवरुद्ध भएका छन्। संयुक्त अरब इमिरेट्सको मरुभूमिमा करिब दुई वर्ष पर्ने पानी बराबर मङ्गलबार नै करिब दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो । प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर […]
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी यूएईसँग खेल्ने भएको छ । बुधबार समूह चरणका खेल सकिएसँगै यूएई समूह ‘बी’मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह ‘बी’ […]
काठमाडौं । कास्कीको पोखरामा बिहीबार बिहान दुई सवारी साधन आपसमा ठोक्किँदा नेपाल भ्रमणमा रहेका ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । माइक्रोबस र जिप आपसमा ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् । बिहान करिब पौने पाँच बजे पोखराको होटल ग्रान्डबाट पोखराकै साराङकोट तर्फ जाँदै गरेको चिनियाँ नगरिक सवारी सवार बा १ च […]
जापान । आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिब ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षमा निर्यात ३.७ प्रतिशतले बढेर १०२.९० ट्रिलियन येन पुगेको छ । जुन पहिलो पटक १०० ट्रिलियन येनमा पुगेको छ र […]
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो । गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुँदै केवल ८९ रन बनाएको थियो […]
काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई […]
झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो। पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ। गोली हड्डीभित्र छिरेकाले हाललाई निकाल्न सकिएन। ‘हात्तीको हड्डी निक्कै कडा हुन्छ। त्यसैले गोली निकाल्न समस्या भयो,’ वन […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक अधिकृतलाई पक्राउ गरेको छ। कैलालीको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार घुससहित पक्राउ परेका हुन्। स्रोत नखुलेको थप १ हजार ५ रुपैयाँ पनि उनको साथबाट भेटिएको आयोगले जनाएको छ। पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ […]
काठमाडौँ । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का […]
काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा […]
काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने निर्णय गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै उक्त सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेको ३ जना रिहा भएका छन् । उक्त सहकारी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष […]
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।