चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए । ‘पहिले यही प्रक्रियाबाट […]
प्रतिनिधि सभाको नियमावली पारित भएको छ। यो सँगै प्रतिनिधि सभाअन्तर्गत विभिन्न समिति गठन गर्ने बाटो खुलेको छ। नियमावली पारित नभएकै कारण संसदीय समितिहरू गठन भएका थिएनन्। संसदीय समितिले सरकारका मन्त्रालयका काम कारबाहीको परीक्षण र निरीक्षणसँगै विधेयक निर्माणमा छलफल गर्ने गर्छन्। त्यस्तै संविधानमै व्यवस्था भएको संसदीय सनुवाइ समितिले पनि अब पूर्णता पाउने भएको छ। समितिमा प्रतिनिधि […]
ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ। आज बिहान साँढे ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी सिद्धीविक्रम शाहले महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका गाडीलगायत सवारी साधनमा आगलागीबाट क्षति पुगेको सेतोपाटीलाई बताए। बिजुली सर्ट भई तेलमा […]
बुटवल सिद्धबाबा सुरुङ मार्गको पूर्वतयारीको काम गर्न सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको हो । निर्माण […]
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ । प्रवक्ता बिमल पौडेलले भने, ‘रिट आइपुगेको छ, अध्ययनपछि केही […]
वीरगन्ज नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीनवटा टाउको भएको नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ। यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन्। आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय […]
काठमाडौं संकटग्रस्त अर्थतन्त्रको नेतृत्व गर्नेगरी अर्थमन्त्री जिम्मा कांग्रेस नेता डा. प्रकाशशरण महतले पाएपनि त्यसलाई अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने गिरावट भएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता डा. महतले पाएपछिको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार […]
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि तीनवटै क्षेत्रका लागि उम्मेदवारको टु्ंगो लगाएको छ। राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू,बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव,रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
काठमाडौं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने र मिटरब्याज पीडितको समस्या स्थायी रुपमा समाधान गर्ने अधिकारसहित जाँचबुझ आयोग गठन गरिएको बताए । ‘मिटरब्याजको विषयलाई कानुनमा नै […]
काठमाडौं नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र […]
काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल भइरहेको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने निर्णय लिने जनाइएको छ। यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।
कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई आज म्यासेज पठाएका छन्। मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको भन्दै कर्मचारीहरूले मन्त्री र सचिवलाई म्यासेज पठाएका हुन्। ‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन। […]