हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन–चट्याङ–हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर […]
कैलालीको टीकापुर नगरपालिका–१ मा निर्माण भइरहेको नमुना ब्लक सडक कालोपत्रे गरेको १५ दिन नपुग्दै उप्किएको छ। पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्रे गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्रे उप्किन थालेको हो। टीकापुरको खड्गचोकदेखि टीकापुर अस्पताल, खानेपानी ट्यांकी, इलाका प्रहरी कार्यालय हुँदै मेनरोड रहेको ब्लक नं. एका भित्री सडकहरू कालोपत्रे […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग छलफल गर्न पुगेका मिटरब्याज पीडित भक्कानिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गर्न पुगेका मिटरब्याज पीडितहरुले आफ्नो समस्या राख्दा भक्कानिएका हुन्। प्रधानमन्त्रीलाई समस्या सुनाउँदा पीडितहरुले आँसु पुछिरहेका थिए। सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका करिब सय जना निमुखा नागरिक ऋणको गलपासो बनेपछि आफूहरुलाई न्याय दिन प्रचण्डलाई भेटेर याचना गरेका छन्। […]
जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुको उत्थानको लागि गठन गरिएको मुस्लिम आयोग नै अफवाह फैलाउने विज्ञप्ति जारी गरेको छ । विहिबार राम नवमीको अवसरमा निकालिएको शान्तीपूर्ण शोभायात्राको क्रममा कुनै मस्जिदमा पत्थवारी भएनन, तर मुस्लिम आयोगले जनकपुरमा मस्जिदमाथि पत्थरवाजी भएको उल्लेख गरेपछि सम्प्रादायिकता मनसाय दर्साएको हो । जनकपुरमा मस्जिद अगाडी विश्व हिन्दु परिषद्को शोभायात्राले जय श्रीरामको नारा लगाउँदै जान […]
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका उपसभापति पूर्णबहादुर […]
काठमाडौं तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ । १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् । उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि […]
काठमाडौँ शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई […]
सुनसरी। इटहरीमा एक युवकमाथि छुरा प्रहार भएको छ । इटहरी १ स्थित पीपल चौकनजिकै मुख्य राजमार्गमा युवकमाथि छुरा प्रहार भएको हो । शुक्रबार (आज) दिउँसो २ः३० बजेतिर इटहरी १४ गैसारका अन्दाजी ३० वर्षीय मोहमद अफ्तारमाथि छुरा प्रहार भएको हो । उनीमाथि तीनजनाको समूहले छुरा र चिर्पट प्रहार गरेको बताइएको छ । ‘राजमार्गमा उभिइरहेको बेला पछाडिबाट […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन्। शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताए। प्रधानमन्त्रीले भने, ’बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण […]
काठमाडौं काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने १२ वटा स्कुल बसका चालक कारबाहीमा परेका हुन्। जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य […]
काठमाडौँ श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता […]
काठमाडौँ संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् । हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी […]