काठमाडौं नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् । चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । यसअघिका प्रतिनिधि सभा सदस्य […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका हुन्। जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुनः २ बजे गठबन्धनको बैठक बस्ने जानकारी […]
काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ । बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ […]
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् । उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई […]
चितवन साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका–९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. राजेश यादवले बताए । उनलाई २५ दिन अघि […]
१६ चैत, चितवन । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन बिहान चितवन आएका छन् । उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन् । चितवनका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने […]
एजेन्सी काठमाडौं : इजरायलले सीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको छ। स्थानीय समयअनुसार राति साढे एक बजे इजरायलले हवाई आक्रमण गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सीरियाली सेनाका अनुसार इजरायलले गोलान हाइट्सबाट दमास्कस वरपरका क्षेत्रका कयौँपटक मिसाइल प्रहार गरेको छ। जसमा सीरियाली दुई सैनिक घाइते भएको र केही भौतिक क्षति भएको जनाइएको छ। सीरियाली सेनाले केही […]
काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् । ‘आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम […]
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । छलफल लगत्तै चितवन गएका प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा उनी सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, […]
काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । बिहीबार […]
जनकपुरधाम । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा […]
भक्तपुर मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवसमा मंगलबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त समारोहमा भक्तपुर गट्ठाघरको स्वच्छ सरस्वतीनगर समाजले पनि थुप्रै सम्मान र कार्यक्रमको उपभोक्ता समिती, उत्कृष्ट उपभोक्ता, समिति ,उत्कृष्ट करदाता ,उत्कृष्ट बिधालय ( सामुदायिक/निजि ) र उत्कृष्ट कर्मचारी लाई सम्मान पनि गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला […]