काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ […]
वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा […]
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा […]
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस(युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि […]
सिरहा । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादवले बिवादित व्यक्ति अशोक कुमार सिंहलाई पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा राख्न जोडबल गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै एक पत्रकार सम्मेलन गरेर विवादित व्यक्ति सिंहलाई प्रप्रअको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै त्यस्तो कार्य गरेका हुन् । समान्य प्रशासन मन्त्रालयको चलानी नं. १२६९ मिति २०७९ फागुन १४ को पत्रानुसार […]
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् । आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछुत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए । “कानूनी रुपमा बर्जित भए […]
काठमाडौँ । आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ। आस्थाको रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ। निर्देशक सबिन अधिकारीले यो […]
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ। बैठक मंगलबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ। विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन […]
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा वडमा नं –१ स्तिर प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी तिब्र भएको छ । नौ दिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजागाजा सहित सप्तकोसीको नदीमा जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ […]
काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कसले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन्। […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका- १ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका- १३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उनले ग्रामीण क्षेत्रका […]