खगेन्द्र घिमिरे काठमाडौं ।। सशस्त्र प्रहरीका तिन नायव महानिरीक्षक लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जनालाई एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । नेपाल सरकार प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले […]
फिक्कल। उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन्। इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उनले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताए। पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर […]
काठमाडौं। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार […]
काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अगाडि […]
मोरङ – मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाको शव गाई गोठमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुढीगंगा गाँउपालिका–२ अमाहीस्थित स्थानीय नरसिंह चौधरीको गाई गोठमा २८ वर्षीया प्रियंका सुनारको शव बोरामा बाँधेर राखिएको अवस्थामा फेला परेको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले विराटनगर महानगरपालिका–१९ की बासिन्दा सुनारको शव सोमबार दिउँसो फेला […]
काठमाडौँ। ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ। गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर […]
भैरहवा। समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दै १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए। देशमा भएका […]
सिरहा।सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ। प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र राजस्व तिर्ने र बाँकीको राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो। जिल्लाको माडर, औरही, […]
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ। काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ।वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ। साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ।
काठमाडौं । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् । कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ ।
काठमाडौं, ८ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली […]
निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ। नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन्। तर २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ […]