सुरेन्द्र भण्डारी । मध्यम वर्गीय परिवारमा जन्मिएर ग्रामीण परिवेशमा हुर्किएकी इन्दिरा राना मगरको परिचय अहिले फेरिएको छ । गैरलाभकारी संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’की संस्थापक अध्यक्ष समेत रहेकी राना प्रतिनिधि सभा सदस्य पदमा मनोनित भएसँंगै उनको परिचय फेरिएको हो । सामाजिक अभियन्ता राना अब माननीयका रुपमा संघीय संसद्को भूमिकामा देखा पर्नेछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको बन्द […]
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिनुभयो । “चार दिनदेखि […]
क्वालालाम्पुर। मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरेको छ। समाचारअनुसार, हत्या गरिएका दुई सुरक्षा गार्डहरुमा ३५ बर्षीय मनोजकुमार चौधरी र ४६ बर्षीय कृष्णकुमार दमाई परियार छन्। उनीहरुलाई ओकल्याण्ड कमर्सियल सेन्टरको […]
काठमाडाैं। दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधीको यात्रा पक्का बनाएको हो। आज बिहान अल बेयत रंगशालामा भएको खेलमा फ्रान्सलाई खेलको चौथो मिनेटमै फरवार्ड हर्नान्डेजले रिबाउन्डबाट आएको बललाई सुन्दर गोल […]
काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा करिब एक वर्षदेखि डीन नियुक्त हुन सकेका छैनन् । दलीय भागबन्डाको कारण विश्वविद्यालयले डीन पाउन नसकेको हो । देशको कुनै पनि स्थानमा कुनै पेसा-व्यवसाय गर्दै उच्च शिक्षा हासिल गर्न चाहनेका लागि २०७३ सालमा स्थापित विश्वविद्यालयलाई दलीय राजनीतिले लथालिंग बनाएको छ । खुला विश्वविद्यालयको दुई वटा संकाय १५ महिना र एउटा […]
सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरेका छन् । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को […]
काठमाडौं । देशभर आज सामान्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । “बिहानको समयमा तराईमा केही समय यता हुस्सु र कुहिरो लाग्दै आएको छ । आज पनि हुस्सु र कुहिरो छ,” मौसमविद् रोजन लामिछाने भन्छन्, “तर, घाम लाग्दै गएपछि हुस्सु र कुहिरो पनि […]
काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा […]
काठमाडाैं। दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० को सानदार जीत निकाल्दै उपाधी भिडन्तमा स्थान पक्का बनाएको हो। लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लियोनल मेस्सीले एक गोल र जुलियन अल्भारेजले दुई गोल गरेका थिए। क्रोएसियाले पहिलो हाफ दवाब बनाएपनि […]
छिल्ला केही प्रधानन्यायाधीशको अवकाश अस्वाभाविक भए जस्तै चोलेन्द्रशमशेर राणा पनि अस्वाभाविक रुपमै बिदा हुन बाध्य भएका छन् । त्यसमाथि उनी महाअभियोग प्रस्ताव नटुंगिदै । महाअभियोग प्रस्ताव नटुंगिएकाले उनी निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट उमेर हदका कारण बिदा भएका हुन् । योपटक पनि प्रधानन्यायाधीशको स्वाभाविक अवकाश हुन पाएन । बेदाग भएर बिदा हुने चोलेन्द्रको पटक पटकको प्रयास […]
खगेन्द्र घिमिरे काठमाडौं ।। झट्ट सुन्दा यो कुनै फिल्मको कथा हो कि भन्न्ो पनि लाग्न सक्छ । तर,शुक्रबार गोंगबु क्षेत्रमा भएको एक गिहोरको ठगि धन्दा अचम्वको थियो । आन्तरिक राजश्व कार्यायलका कर्मचारीको ‘डार्क ब्लु’ कोट पाइन्ट र सेतो सर्टमा सजिएको एउटा समूह गोगबु क्षेत्रका केही होटल तथा रेस्टुराँहरूमा छापामार शैलीमा प्रवेश गर्छन् । घाँटीमा आन्तरिक […]
सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका– ९, इटहर्वास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डीआईजी गाणेशबहादुर ठाडा मगरको विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ […]