काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान रुस प्रस्थान गरेका हुन् । प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिए । उनले […]
काठमाडौँ । नुवाकोटको ककनीका सानु कान्छा तामाङको नाम तपाईहरु पनि याद राख्नु होला । यी मानिस कहाँ छन् थाहा छैन । धेरै परिवार छिन्नभिन्न हुने गरी सानुकान्छाले ठूलो रकम ठगी गरेको पीडितहरुले दावी गरेका छन् । पोल्याण्ड लैजाने भनेर जनही ८ लाख असुल्ने सानुकान्छा सम्पर्कविहीन भएका छन् । वैदेशिक रोजागारीका नाममा हुने ठगीको अर्को यो डरलाग्दो […]
गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए । घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य […]
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकलेस एनिमिया रोकथामका लागि अन्तर्राष्ट्रिय सहयोग मागेका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलेस एनिमिया रोकथाम र अनुसन्धान लागि अन्तर्राष्ट्रिय सहयोग मागेका हुन्। मन्त्री मोदीले भने,’यो रोगको […]
चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् । जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना […]
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने मन्त्रीहरुले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । आज साझँ तीन मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिने छन् । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय बेदराज सिंह, सामाजिक विकास मन्त्रालय खड्गबहादुर पोखरेल र वन तथा वातावरण मन्त्रालय कृष्णकुमार […]
काठमाडौं। आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ। सरकारले हरेक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र […]
नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि महाराष्ट्रको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको बुलेटिनमा राज्यमा एकै दिनमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको बताएको थियो। यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीडबाट जोगिनु पर्ने भन्दै एक सल्लाहकार जारी गरेको थियो। सरकारले वृद्धवृद्धा, बालबालिका, […]
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने […]
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए । अर्काे बैठक बसेर टुंग्याइने बताइएपनि बैठक कहिले बस्ने टुंगाे नलागेकाे उनले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष […]
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ। राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केहीबेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित […]