काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् । युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा […]
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले पावर सेक्युरिटी प्रेस खरिदमा ७० करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिए […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् । उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसका एनपी […]
चुरेमकवानपुर । मकवानपुरको विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा मौसम सुरू भएसंगै बनमा डढेलो लाग्दा सर्वसाधारणमा त्रास फैलिएको छ भने सरोकारवाला निकायबाट कुनै कदम अघि बढाईएको पाइएको छैन । हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउंपालिका क्षेत्रमा पर्ने नमुना सामुदायिक वन, बनस्खण्डि सामुदायिक वन र मनकामना सामुदायिक वनमा हिजोबाट सुरू भएको आगलागी अहिले मानव बस्ती नजिकै पुग्न […]
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रुपमा धराशायी हुनेतर्फ गैरहेको तर सत्तासीन दलहरु यसतर्फ उदासीन भएको आरोप लगाएका छन् । गम्भीर रुपमा बहस, छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ । आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित […]
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् । आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए । ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्यारएङ्को आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, […]
बारा : बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवले आफूले जितेसँगै बारा २ मा विकासको मूल फुट्ने दाबी गरेका छन्। आइतबार बाराको बाराको महागढीमाई नगरपालिकाको मलहनी, दहियार, बगडमपुर लगायतका गाउँमा घरदैलो गर्ने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले यस्तो दाबी गरेका हुन्। जसपाका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले जनतामा […]
काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ हराएको सूचना बाचन गरिएको छ । नेकपा एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री ’प्रचण्ड’ हराएको भन्दै संसद बैठकमा खोजिदिन माग गरे। पछिल्लो समय प्रधानमन्त्री ’प्रचण्ड’ संसदमा आउनै छोडेपछि सांसद पन्तले कटाक्ष गरेका हुन्। उनले बाचन गरेको सूचना यस्तो छ : गरिकताको नाम : पुष्पकमल दाहाल ’प्रचण्ड’ चलन चल्तीको नाम […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखाएको बताए । […]
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् । एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए । यस्तो छ उनले सुनाएको सूचना– ‘नागरिकताको […]