विराटनगर । कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । आजको प्रदेशसभा बैठकमा दफका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । आजै राति १२ बजेपछि अधिवेशन अन्त्य हुने बताइएको छ ।
विराटनगर। आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए । ‘सभामुखमा एमालेले उम्मेद्वारी दिदैन’, उनले भने, ‘गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउछ ।’ कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका […]
विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ। सत्तारुढ गठबन्धनको […]
मोरङ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए […]
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताए। मुख्यमन्त्री यादवले अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गरे। उनले अनियमितताको घटनामा छानबिन गरेर कारबाही गर्ने बताए। आगामी आर्थिक […]
झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । १५ लाख ६० हजार नौ सय ६६ रुपैयाँको लागतमा सालिक निर्माणस्थलसहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । यसका लागि दाताहरुबाट २१ लाख ५२ हजार दुई सय ५६ संकलन गरिएको र छ लाख […]
मुख्यमन्त्रीको शुभकामनामा प्रदेशको नाम नै गायब ! एमाले निकट नेता, कार्यकर्ताहरुको व्यापक आलोचना यो प्राविधिक त्रुटी मात्रै हो विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोशी’ नाम उल्लेख नगरेको भन्दै व्यापक आलोचना सुरु भएको छ । कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले भने कार्कीको प्रशंसा गरेका छन् । मुख्यमन्त्री कार्कीले […]
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव तराईका स्थानहरूमा हुस्सु र कुहिरो लाग्यो एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना काठमाडौं ।। नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका स्थानहरूमा हुस्सु र […]
विराटनगर । इलामको सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ । यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम पनि बनाइएको छ । कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताए । दिउँसै मदिराले लट्ठिएर होहल्ला […]
बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने महाशाखा प्रमुख गोपालप्रसाद कँडेलद्वारा जानकारी संस्कार, संस्कृति र आयआर्जनसँग जोडेर यो कार्यक्रम लागू गरिनुपर्ने भरतपुर (चितवन) ।। चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर […]
घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ बनाउँ रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने सरकारले छुट्यायो निजी क्षेत्रसंग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट बुटवल ।। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन […]
कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]