चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका-११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो। वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका […]
विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो । सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका बिदा दिएको […]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् । केन्द्रमा […]
धनगढी । नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ। आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको हो। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ। रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो। कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू […]
जाजरकोट । भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिनुभयो। सडकको वरिपरि ढल निकास, फराकिलो बनाउने र वालको काम जारी रहेको छ। […]
कपिलवस्तु । माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । आधारभूत तह उत्तीर्ण हुनु भएका दुई सय ८० छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन स्वरूप साइकल उपहार दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ […]
बिराटनगर । कोशी प्रदेश नाम खारेजीको आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ। मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका हुन्। आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन सरकारले आग्रह गरेको छ। पहिचान पक्षधरले आइतबार प्रदेशसभा […]
धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका–५ की वडा सदस्य रामदुलारी देवीले आफूले दिएको ऋण फिर्ता माग्न जाँदा निर्घात रुपमा कु टपिट गरिएको आरोप लगाएकी छन् । आफूले दिएको ९ लाख रुपैयाँको तमसुकलाई जिल्ला प्रशासनमा दर्ता गराउनुपर्ने भन्दै माग्न जाँदा ऋणी अरहुलिया देवी मण्डलले तमसुक दिनुपर्ने कुनै आवश्यकता नरहेको र सरकारले हाम्रो सबै ऋण मिनहा गरिसकेको […]
विराटनगर । गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । उता प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ । संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, […]
सिरहा। सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् । सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर […]
जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरूले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको हो […]
झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पशु मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँले […]