झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् । दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर […]
भक्तपुर । धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्राको ८ औं दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमेरबाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर)बाट निकाली चोक तथा […]
कावासोती । लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ । विगत पाँच वर्ष यता यहाँ जैविक विविधता, पर्यापर्यटन एवम् वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, गिद्धका प्रजाति, गिद्धको जीवनशैली र वासस्थानका विषयमा […]
कालीकोट, वैशाख ४ गते । कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन। पचालझरना गाउँपालिका–१ देखि ५ वडासम्म यातायातका साधन सञ्चालनका लागि जोखिमपूर्ण रूपमा कर्णाली नदीबाटै गाडी तार्ने गरिएको छ। स्थानीय दत्तप्रसाद न्यौपानेले कर्णालीमा पुल नभएका कारणले गाउँका सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो। उहाँका अनुसार स्थानीय […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘अहिले […]
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको […]
सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बृहत रूपमा छलफल भइरहेको छ । आइतबार मुख्यमन्त्री निवासमा बसेको बैठकमा नेतृत्वमा आलोपालो गर्ने सहमति भएको बुझिएको छ । स्रोतका अनुसार अहिलेलाई वर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नै कायम रहने र अढाई वर्षपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने गरी […]
नेपालगञ्ज । बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलगायत तत्कालीन राजपरिवार नेपालगञ्ज आउने भएका छन्। पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगञ्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ। पूर्वराजा वैशाख १८ गते नेपालगञ्ज आउने कार्यक्रम रहेको छ। पूर्वराजाले एक महिना नै […]
जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ स्थित दशगजामा भारतीय पक्षले अवैध ढंगले बाँध निर्माण गरिरहेको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीले अवैध ढंगले बाँध नबनाउन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको हो । औरही भएर गागन नदी भारततर्फ बग्छ । उक्त नदीलाई नेपालतर्फ फर्काउन भारतीय पक्षले विगत एक सातादेखि दशगजामै अवैध बाँध निर्माण गरिरहेको छ […]
विराटनगर । हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नो १ सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ । कार्कीले मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए । सय दिनको अवधिलाई समेटेर सरकारका मुख्य उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए । ‘हालसम्म सरकारले गरेका राम्रा […]
झापा । नेपालमा जबसम्म मिश्रित निर्वाचन प्रणाली रहन्छ तबसम्म स्थिर सरकार नबन्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले बताएका छन्। वीरता जेसीजका पूर्व अध्यक्षहरूको क्लबद्वारा घोषणा गरिने उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले मिश्रित निर्वाचन प्रणालीको अभ्यासले स्थिर राजनीतिक अवस्था दिन नसक्ने बताए। संवैधानिक व्यवस्था सोही प्रणालीको भएकाले सोही किसिमको अभ्यासमा […]
डोटी । डोटीको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् । गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष ओलीले बताइन् । ‘अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको रहेछ’ उनले भनिन्, ‘मलाई यस […]