विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार घाइतेलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा […]
इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । ‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, […]
दार्चुला । नेपालमा तुलनात्मक रुपमा प्रशासनिक नेतृत्वमा पुरुष भन्दा महिलाको संख्या थोरै छ । अझैं सुदूरपश्चिमबाट प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति धेरै कमजोर देखिन्छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चितबाट एक जना महिला पनि सीडीयो अर्थात प्रमुख जिल्ला अधिकारी बनेका थिएनन् । तर, यो नकारात्मक रेकर्डलाई बझाङकी किरण जोशीले तोडेकी छन् । सुदूरपश्चिम प्रदेशमा नौ वटा […]
सुर्खेत । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ रन्मामा दिदीबहिनी मृत भेटिएको घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रण लिएको छ । गत चैत २२ गते घरबाट सिस्नु टिप्न गएका दिदीबहिनी १० वर्षीया रिना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर घर नआएपछि उनीहरूको आफन्तले खोजी गर्दा १ सय मिटर तल भिरमा शव भेटिएको थियो । मृतक […]
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेकाे इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे धज्जी उडाएकाे छ । प्रदेश सरकारले प्रदेश नं-१ काे नम “काेशी प्रदेश राखेता पनि इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे ठाउँमा प्रदेश नं-१ नै लेखेर प्रदेशको धज्जी उडाएकाे हाे । प्रदेश नं-१ काे नाम”काेशीप्रदेश” राखिएता पनि इनरुवा नगरपालिकाले प्रदेश-१ नै राखेकाे पाइएकाे छ । केहिदिन अगाडि पनि […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बाराको जितपुरमा आयोजित २४ कुण्डीय गायत्री महायज्ञको समापन कार्यक्रममा मुख्यमन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गरेका छन् । मधेश प्रदेशमा पर्यटकीय सम्भावना बोकेका मठ ,मन्दिरलगायत ऐतिहासिक तथा पुरातात्विक सम्भावनाका स्थलहरु रहेको कारण यसको विकासमा लागिपर्ने […]
जनकपुरधाम । जनकपुरको जानकी मन्दिर पछाडी गएराती एक युवकमाथि आक्रमण भएको छ । जानकी मन्दिर पछाडी रहेको मस्जिदको अगाडी युवकहरुको समूहले एक युवकमाथि आक्रमण गरेको हो । जानकी हस्पिटलको बाटो भएर मस्जिद हुँदै जाँदै गरेका धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बस्ने २० बर्षिय ललन यादवमाथि आक्रमण गरिएको हो । साथीहरुसँग डेराबाट निस्केर जानकी मन्दिर तर्फ […]
ताप्लेजुङ। ताप्लेजुङमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता अर्थात ‘डोको क्यारी रन’ प्रतियोगिता सम्पन्न भएको छ । १५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन् । १ घण्टा ४ मीनेट ४४ […]
रौतहट । आफ्नो सट्टामा ज्वाइँलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लगाएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहविरुद्ध जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आइतबार मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट उनको सट्टा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेको थियो । नगर प्रमुख साहको सट्टामा एसईई दिँदै […]
काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ । महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल […]
विराटनगर । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । पार्किङस्थललाई सुरक्षित बनाउन सिसी क्यामरा र बत्ति जडान गरिने निर्णय भएको हो । महानगरपालिकाले सरोकारवालासँग बिहीबार गरेकोे बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय भएको छ । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ […]
नवलपरासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ । हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै […]