काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले समान पेन्सनका लागि दबाब दिँदै पुनः बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई अल्टिमेटम दिएका छन् । बेलायत र नेपाल सरकारबीच मन्त्रिस्तरीय वार्ता हुने तयारी भइरहेका बेला भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायती प्रधानमन्त्री सुनकलाई अल्टिमेटम दिएका हुन् । बेलायत सरकार समान पेन्सनको माग कार्यान्वयनमा दृढ नदेखिएको पूर्व गोर्खाहरुको गुनासो छ । सत्याग्रह […]
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका दुई छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ […]
काठमाडौं । भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा भोलि (कात्तिक ११ गते शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार […]
काठमाडौं । नवीनतम् आविस्कारका लागि विश्वविद्यालयका प्राज्ञहरु नै सक्रिय भएर अनुसन्धान गर्ने चलन छ । देशका लागि आवश्यक नयाँ वैज्ञानिक अनुसन्धानका लागि विश्वविद्यालयहरुले केन्द्रीयस्तरको अनुसन्धान नीति नै बनाउने गरेका छन् । तर, नेपालका अधिकांश विश्वविद्यालयले केन्द्रीय अनुसन्धान नीति नै बनाउन सकेका छैनन् । जसले गर्दा मुलुकको समग्र वैज्ञानिक अनुसन्धानमा कमजोर हुँदै आएको छ । देश […]
इजरायलले गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी गरिरहेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक टेलिभिजनमा सम्बोधन गर्दै गाजा क्षेत्रमा स्थलगत सैन्य आक्रमणको तयारी भएको बताउनु भएको हो । तर, कहिले भन्नेबारे उहाँले केही नबताएका बीबीसीले जनाएको छ । यस्तै, इजरायलले गाजा क्षेत्रमा इन्धन नदिने जनाएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इन्धनलाई आफ्नो पूर्वाधारमा […]
सोलुखुम्बु – सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे। गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँकाे हिजाे बुधवार ज्यान गएकाे हाे । मुखको […]
गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । त्यहाँ फसेका र समस्यामा परेका मानिसलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबीचको लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको हो । गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । […]
काठमाण्डाै – अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा […]
सुनसरी । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । आत्म्हत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका– २ घर भइ कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर […]
भक्तपुर – मध्यपुर थिमि बालकुमारीमा कुभिण्डेजात्रा मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यस जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर शुरु भएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको […]
काठमाडौं– दसैं टीकाको दोस्रो दिन आज पनि मान्यजन र परिवारका आफन्तको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। बडादसैंको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ। आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव […]