वि.सं. २०८० कार्तिक ०३ गते शुक्रवार तदनुसार ई. सं. २०२३ अक्टोबर २० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, चन्द्रोदय : दिउँसो १०:०९ बजे र […]
काठमाण्डाै – दशैँ बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ । आमनागरिकको मानव अधिकार संरक्षणलाई दृष्टिगत गरी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार […]
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलवार दिउँसाे २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ । टीका लगाउन अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा […]
बझाङ – थलारा गाउँपालिका–३ कुचकी धिर्जादेवी कामीले दशैँ, तिहारका लागि छिमेकीबाट मागेर खाइनखाइ जम्मा गरेको खाद्यान्न भूकम्पमा परेर पुरियो । अहिले उहाँको चार जना परिवारको बास खुला आकाशमुनि छ । अहिले खेतबारीबाट अन्न भित्र्याउने समय हो तर उहाँसँग खेतबारी पनि छैन । ‘छिमेकीसँग मागेरै जीविका चलाउँदै आएकी थिएँ । सबै कुरा भूकम्पमा पुरियो’, घरतिर हेर्दै […]
काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनकाे लक्ष्य दिएकाे छ । पुनेमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायाे । बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । […]
काठमाण्डाै – दशैँ बिदाअघिको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । हिजो बुधवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ । आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ […]
सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखि काठमाडौं आए पसल भन्दा बाहिर चिनी नपाएकाले २ किलो चिनीका लागि लाइन काठमाडौं ।। बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखि मानिस आएका छन् । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट […]
शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि… यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल काठमाडौं ।। काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा […]
दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था काठमाडौं ।। सरकारले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९- ८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको […]
नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा काठमाडौं ।। फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो […]
धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउनेको भिड राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम हुँदै धनगढी ।। दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने […]
व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि […]